Like us!
Follow us!
Connect us!
Watch us!

सीआईटीको साधारणसभा आज, १४.७३% लाभांस पारित हुने

अर्थ संसार

सोमबार, ३१ असार २०८१, ०८ : ४९ मा प्रकाशित

सीआईटीको साधारणसभा आज, १४.७३% लाभांस पारित हुने

नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आज बस्दै छ । 

कोषको असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा आगामी असार ३१ गते सोमबार बोलाएको थियो ।  सभा काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आवहान गरिएको छ। 

सभामा सञ्चालक समितिद्वारा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश पारित गरिने छ।     

तेस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। 

कोषले असार २० गतेलाई बुक क्लोज तय गरेको छ ।अर्थात असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको