Like us!
Follow us!
Connect us!
Watch us!

ओली सरकारमा को-को बन्दैछन् मन्त्री ?

अर्थ संसार

सोमबार, ३१ असार २०८१, ११ : ०० मा प्रकाशित

ओली सरकारमा को-को बन्दैछन् मन्त्री  ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा बन्ने मन्त्रीहरूको नाम टुंगो लागेको छन् । सोमबार प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूले समेत पद तथा गोपनियताको शपथ लिने भएका छन् । ओली सरकारमा नेकपा एमालेबाट र विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् । यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्री, राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री र विद्या भट्टराई शिक्षा मन्त्री बन्ने भएका हुन् ।

मानवीर राई रक्षामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसले पनि ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेसबाट १० जना मन्त्री बन्नेछन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।

नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् ।काँग्रेसबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका छन् ।

रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको छ । तर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइने भन्ने विषय टुङ्गो लागेको छैन । तेजुलाल खेलकुद मन्त्री बन्ने भएका छन् ।यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ । महासचिव इस्तियाक राईका अनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ ।

नवल किशोर साहको भने कुन मन्त्रालय पाउने भनेर टुङ्गो लागेको छैन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको छ । उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको