Like us!
Follow us!
Connect us!
Watch us!

संविधान संशोधनीय दस्ताबज हो, यसलाई प्रतिगमन सोच्नै मिल्दैन: प्रधानमन्त्री ओली

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १४ : ०४ मा प्रकाशित

संविधान संशोधनीय दस्ताबज हो, यसलाई प्रतिगमन सोच्नै मिल्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले  संविधान आफूहरूले बनाएको भन्दै संशोधन गर्दा प्रतिगमन नहुने तर्क गरे ।

उनले संविधान संशोधनका कुरा कहिलेकाहिँ उठ्न भन्दै अहिलेको सरकारले पनि आवश्यकताको आधारमा संशोधन गर्ने भनेको स्पष्ट पारे । ‘यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ?’, उनले भने, ‘हामीले जेका लागि यति दुखकष्ट भोगेर यो परिणाममा ल्याका छौँ, जनप्रतिनिधि भएका छौँ । र जनतासँग बाचा बन्धन पनि गरेका छौँ ।  बाचा र हस्ताक्षरको बन्धन सानो कुरा होइन’  ‘हामी त अधिनायकवादका विरुद्ध लडेर आएका हौँ । हाम्रो विश्वास लोकन्त्रमाथि मात्रै छ’ ‘विश्वास नभई ज्यान दिन सकिँदैन, गर्धन थाप्न सकिँदैन । तसर्थ म फेरि भन्छुु संविधान संशोधनीय दस्ताबज हो । संशोधन लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवहारिक बनाउन संविधान संशोधन हुनसक्छ ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको