Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमा पौडेल आएसँगै नेप्सेमा उछाल,सेयर बजारमा ७० अंकको बृद्धि हुँदा करोबार रकम ९ अर्बमाथी

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १५ : ०४ मा प्रकाशित

अर्थमा पौडेल आएसँगै नेप्सेमा उछाल,सेयर बजारमा ७० अंकको बृद्धि हुँदा करोबार रकम ९ अर्बमाथी

सेयर बजारका लागि राम्रो छवी बनाएका अर्थमन्त्री विष्णु पौडेलको प्रवेशसँगै सेयर बजार मापक परिसूचक नेप्सेमा उछाल आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन नै बजार मापक सूचक नेप्सेमा आधा शतक बढीको वृद्धि भएको हो ।

नेप्सेमा ७०.१८अंकले बढीको उछाल आउँदा २३१०.५९ बिन्दुमा कायम भएको  छ भने  ९ अर्ब १३ करोडको कारोबार भएको छ । ३१२ कम्पनीको १ करोड ८१ लाख बढी कित्ता सेयर कारोबार भएको छ । 

अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै सेयर  बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका थीए । साउनमा लागु हुने गरी अधिकांश बैंकहरुले ब्याजदर घटाएका घटाएका कारण पनी नेप्सेमा बजार माथि जान बल पुगेको छ । 

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंक बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दकिनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको