Like us!
Follow us!
Connect us!
Watch us!

बजारले हान्यो ‘हाफ सेन्चुरी’,कारोबार रकम १२ अर्ब नाघ्यो

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, १५ : २० मा प्रकाशित

बजारले हान्यो ‘हाफ सेन्चुरी’,कारोबार रकम १२ अर्ब नाघ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अकंले बढेर २३६४.६३ बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २२ करोड ७१ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । सोनको २० करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिंगटी हाइड्रोका लगानकिर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युतका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.९० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको