Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने मुडमै छन् लगानीकर्ता,मौद्रिक निति राम्रो आउने संकेत

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १५ : १४ मा प्रकाशित

किन्ने मुडमै छन् लगानीकर्ता,मौद्रिक निति राम्रो आउने संकेत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति  शुक्रबार (४ साउन) मै ल्याउने भएको छ । भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पारिसकेको छ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गरी सार्वजनिक गरिनेछ । सोहि कारण सेयर बजारमा रौनक आइरहेको देखिन्छ ।

साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अकंले बढेर २४२४.३२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपर तामाकोशीको ३८ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, आँखुलोला जलविद्युत, नेपाल फाइनान्स,उपकार लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको