Like us!
Follow us!
Connect us!
Watch us!

साढे ६१ अंकले बढ्यो सेयर बजार , कारोबार १५ अर्ब २३ करोडमाथि

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १५ : ०९ मा प्रकाशित

साढे ६१ अंकले बढ्यो सेयर बजार , कारोबार १५ अर्ब २३ करोडमाथि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोल्टी होटल्सको सेयर कारोबार भएको छ । आज यसको ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको कुमारी बैंकको २७ करोड माथि सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनाइटेड मोदी र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको