Like us!
Follow us!
Connect us!
Watch us!

दिनभरको उतारचढावपछि सामान्य बढ्यो बजार,१३ अर्ब ९१ करोडको कारोबार

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, १५ : १७ मा प्रकाशित

दिनभरको उतारचढावपछि सामान्य बढ्यो बजार,१३ अर्ब ९१ करोडको कारोबार

आज साताको दोस्रो दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । 

आज सेयर बजार नेप्से परिसूचक २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम भएको छ ।  आज दिनभरको उतार चडाबपछि अन्तिममा सेयर बजार सामान्य अकंले बढेको हो । आज लगानीकर्ताहरु नाफा बुक गर्ने तिर हाबि हुँदा सेयर बजार बेला बेला करेक्सन देखिएको हो । आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ८.६७ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ फण्डका इकाईधनीले ७.९३ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको