Like us!
Follow us!
Connect us!
Watch us!

२५६३ विन्दुमा पुग्यो नेप्से, ७५ अकंले बढ्यो नेप्सेबढ्दा १४ अर्ब ११ करोडको कारोबार

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १६ : ०७ मा प्रकाशित

२५६३ विन्दुमा पुग्यो नेप्से, ७५ अकंले बढ्यो नेप्सेबढ्दा १४ अर्ब ११ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.३३ अकंले बढेर २५६३.४३ विन्दुमा कायम भएको छ । यो परिसूचक २९ महिना यताकै उच्च हो । आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । अपि पावरको २४ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज बोटलर्स नेपाल बालाजू, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्मिट लागेको छ ।

आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको