Like us!
Follow us!
Connect us!
Watch us!

५ हजार घुस प्रकरण : संसदमा ‘घूस दिएँ’ भन्ने पूर्वमन्त्री महतोलाई कारबाही गर्न माग गर्दै उजुरी

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १२ : ४३ मा प्रकाशित

५ हजार घुस प्रकरण : संसदमा ‘घूस दिएँ’ भन्ने पूर्वमन्त्री महतोलाई कारबाही गर्न माग गर्दै उजुरी

संसदमै ५ हजार घुस दिएर छोराको समकक्षता पत्र लिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् ५ हजार रुपैयाँ घुस दिएको बताएका सांसद महतोविरुद्ध बुधबार नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै समितिमा उजुरी दिएका हुन् ।

‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिने र दिनेलाई सजायको व्यवस्था छ । रिसवत दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुनबमोजिम कारबाही गरियोस्,’ अन्सारीले दिएकाे निवेदनमा उल्लेख छ ।

गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट पूर्ववनमन्त्री समेत रहेका महतोले छोराको समकक्षता लिन आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको