Like us!
Follow us!
Connect us!
Watch us!

बुलको यात्रामा बजारः १४ अर्बको कारोबार हुँदा परिसूचक २५६८ बिन्दुमा

अर्थ संसार

विहीबार, १० साउन २०८१, १५ : १९ मा प्रकाशित

बुलको यात्रामा बजारः १४ अर्बको कारोबार हुँदा परिसूचक २५६८ बिन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंक अर्थात् १.२६ प्रतिशतले बढेर २५६८.११ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएकोछ ।

आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २३ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको