Like us!
Follow us!
Connect us!
Watch us!

सांसद डाँगीको प्रधानमन्त्रीलाई प्रश्न- १५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?

अर्थ संसार

सोमबार, १४ साउन २०८१, १९ : ५० मा प्रकाशित

सांसद डाँगीको प्रधानमन्त्रीलाई प्रश्न- १५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?

प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति बारे संसदमा प्रश्न उठाएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गठन भएको १५ दिन बितिसकेको भन्दै टियु क्रिकेट मैदानको भौतिक प्रगति सोधेकी हुन् । 

उनले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताइन् । डाँगीले सरकारलाई सदनप्रति जबाफदेही बन्न आग्रह गर्दै डाँगीले समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्न माग समेत गरिन् ।

उनले भनिन्- ‘म सभामुखमार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति के कति भइरहेको छ सोध्न चाहन्छु र उक्त खेल मैदान निर्माणको प्रगति विवरण प्रधानमन्त्री ज्यु आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गर्नको लागि माग राख्दछु ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको