Like us!
Follow us!
Connect us!
Watch us!

३५ अकंले नेप्से बढ्यो नेप्से,कारोबार रकम १७ अर्ब २६ करोड माथि

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १५ : १८ मा प्रकाशित

३५ अकंले नेप्से बढ्यो नेप्से,कारोबार रकम १७ अर्ब २६ करोड माथि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.५५ अकंले बढेर २६९६.६५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको