Like us!
Follow us!
Connect us!
Watch us!

केहि दिन मै संस्थागत सेयर धितो कर्जाको सीमा खारेजीको सर्कुलर आउने

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १४ : ४३ मा प्रकाशित

केहि दिन मै संस्थागत सेयर धितो कर्जाको सीमा खारेजीको सर्कुलर आउने

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाइएको सेयर धितो कर्जाको सीमा खारेजीको निर्णय यथावत रहेको बताएको छ । 

राष्ट्र बैंकको बुधबार बैंक वित्तीय संस्थालाई जारी गरिएको सर्कुलरमा उक्त व्यवस्था सम्बन्धी सर्कुलर नआएको भन्दै सामाजिक सञ्जाल तथा केही मिडियामा नकारात्मक समाचारहरु प्रकाशित भएका थिए ।

यसै सम्बन्धमा राष्ट्र बैंक स्थित गभर्नर सचिवालयसंग अर्थ संसारले जानकारी माग्दा आगामी दिनमा संस्थागत लगानीकर्ताको सेयर धितो कर्जाको सीमा खारेजीको व्यवस्था सर्कुलर मार्फत आउने बताएको हो । गभर्नर सचिवालयका एक उच्च अधिकारीले भने ,'मौद्रिक नीतिमा स्पष्ट उल्लेख गरेर लेखिएको व्यवस्था कसरी तलमाथि हुन्छ ?  केहि दिनमै उक्त व्यवस्था लागू गर्ने गरी सर्कुरल आउँछ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको