Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहन्छः गभर्नर अधिकारी

अर्थ संसार

आइतबार, २० साउन २०८१, १६ : ५४ मा प्रकाशित

मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहन्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी  गरेका छन् ।

गभर्नर अधिकारीले मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी मौद्रिक नीति आएको बताएका हुन् ।

 साथै, उनले मौद्रिक नीतिलाई सबैले अनुसरण नगरे शिथिलता कायमै रहने बताए । 

उनले भने, ‘नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था लाई आधार मानेर आधारभूत आवश्यकताका आधारमा मौद्रिक नीति ल्याएका छौं। अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ । राज्य र निजी क्षेत्रको तर्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहाना बाजी मात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ । व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई सबैले अनुसरण गर्नुपर्छ, चाहे राज्यसत्तामा बस्नेहरू होस्, चाहे निजी क्षेत्रमा काम गरिरहने साथीहरू नै किन नहोस् ।’

उनले केही ठाउँहरूमा केही क्षेत्रहरू नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको