Like us!
Follow us!
Connect us!
Watch us!

३६ स्टकको मूल्य अझै ३०० मुनी (सूची सहित)

अर्थ संसार

आइतबार, २० साउन २०८१, २१ : १३ मा प्रकाशित

३६ स्टकको मूल्य अझै ३०० मुनी (सूची सहित)

केपी ओली नेतृत्वको नयाँ सरकार गठन हुने चर्चासँगै २००० वरिपरिको बिन्दुबाट बढेको नेप्से  हाल पनि निरन्तर बढिरहेको छ। लचिलो मौद्रिक नीति आएपछि उत्साहित लगानीकर्ताले बजारमा नयाँ पुँजी थपेर लगानी गर्दा अहिले नेप्से परिसूचक बढेर २७५५ बिन्दुमा पुगेको छ।

मौद्रिक नीतिमा संस्थागत लगानीकर्ताको लागि राखिएको २० करोडको क्याप हटेसँगै बजारमा उछाल आएको छ। विश्लेषकहरूले अब केही दिनमै  ३२००को बिन्दु पनि पार गरेर नेप्सेले नयाँ उचाइ हासिल गर्ने अनुमान गरेका छन्।

बजार निरन्तर बढेसँगै सेयर बजारमा पाइने स्टकहरूको मूल्य पनि निरन्तर बढेको छ। धेरै स्टकको मूल्य डबल भइसकेका छन्। थोरै पुँजीमा धेरै कित्ता जम्मा गर्छु भनी लगानीकर्तालाई अहिले निकै नै मुस्किल परेको अवस्था छ। यही सेरोफेरोमा अहिले नेप्सेमा कारोबार हुने कम्पनीहरूमध्ये ३०० भन्दा कम मूल्यका कम्पनी हरूको सङ्ख्या पनि घट्दै गएको छ।

बजारमा पाइने अहिले सबैभन्दा सस्तो कम्पनी हो एचआइडिसीएल पी। 

यो नेपाल स्टक एक्सेस एक्सचेन्जमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसीएल को प्रमोटर सेयर हो। प्रमोटर सेयर भएपनि नेप्सेमा अन्य सेयर जस्तै सजिलै यस कम्पनीको पनि सेयर कारोबार हुने गर्छ। अहिले यस कम्पनीको मूल्य १२० ९० पैसा रहेको छ। यसबाहेक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर सेयर पनि नेप्सेमा सजिलै कारोबार हुन्छ। यस कम्पनीको पछिल्लो कारोबार मूल्य १८६ रुपैयाँ ५० पैसा रहेको छ।

यसबाहेक जलविद्युत कम्पनीहरूमध्ये पनि हिमाल दोल्खा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा सस्तो देखिएको छ। यस कम्पनीको प्रति सेयर मूल्य १९० रुपैयाँ ३० पैसा रहेको छ।

बैंकहरूमा सबैभन्दा सस्तो कुमारी बैंकको सेयर देखिएको छ। यस कम्पनीको प्रतिकृता मूल्य २१६ रुपैयाँ १० पैसा रहेको छ।

बजारमा कारोबार हुने सबैभन्दा सस्ता ३०० भन्दा कम मूल्य पर्ने ३६ वटा कम्पनीको सूची यस प्रकार रहेको छ:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको