गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण सेयरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल २२ करोड ५० लाख रुपैयाँको सेयर खरिद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई सोमबार नियुक्त गरेको हो ।
सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस