Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि वैदेशिक रोजगारमा गएकालाई आईपीओ जारी गर्ने

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १२ : २७ मा प्रकाशित

गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि वैदेशिक रोजगारमा गएकालाई आईपीओ जारी गर्ने

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न स्वीकृति पाएको थियो।

तर पहिलो चरणमा भने कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई साधारण  सेयरको १० प्रतिशत  अर्थात् १०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । वैदेशिक रोजगारमा रहेका नेपालीले मंसिर १९ गतेदेखि पुस ३ गते बैंकिङ समयसम्म न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार रुपियाँबराबरको ६७ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने १ करोड १२ लाख ५० हजार रुपियाँबराबरको १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । 

बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ । साथै वैदेशिक रोजगारीमा रहेकालाई बिक्री प्रस्ताव गरिएको सेयर बाँकी रहेमा सो समेत थप गरी सर्वसाधारणमा बिक्री खुला गर्नृे कम्पनीले बताएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको