Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारबाट आइपीओ ल्याउँदै गार्डियन माइक्रो लाइफ, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

अर्थ संसार

शुक्रबार, १९ पुस २०८१, १२ : ४५ मा प्रकाशित

आइतबारबाट आइपीओ ल्याउँदै गार्डियन माइक्रो लाइफ, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइतबार (पुस २१ गते) देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्दैछ ।

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ ।कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।


यस्तो छ कम्पनीको वित्तिय अवस्था 

खुद नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा ५३ लाख रुपैयाँ रहेको छ । यो गत बर्षको पहिलो त्रैमासको तुलनामा ३६३० प्रतिशतले बढी हो । कम्पनीले  गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । 

लगानी तथा कर्जाबाट हुने आम्दानी

पहिलो त्रैमासम्म कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १ करोड २८ लाख रुपैयाँ रहेको छ । 

चुक्ता पुँजी/रिटेन्ड अर्निङ

आइपिओको तयारीमा रहेको यस कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ४९ लाख ६९ हजार रुपैयाँ रहेको छ । 

बीमा प्रिमिय/खुद बीमा शुल्क

यस्तै,कम्पनीले चालू आवको पहिलो चार महिनामा ११ करोड ९० लाख रुपैयाँको बीमा प्रिमियम आर्जन गरेको छ। असोज मसान्तसम्म कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

प्रतिसेयर आम्दानी

यहि अवधिलाइ हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ४.०४ रुपैयाँ पुगेको छ ।

क्रेडिट रेटिङ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सार्वजनिक निष्कासनका लागि क्रेडिट रेटिङ  CARE-NP-BB- प्राप्त गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत देखाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको