Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट,कारोबारमा रकम हालसम्मकै उच्च

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १५ : ११ मा प्रकाशित

सेयर बजारमा भारी गिरावट,कारोबारमा रकम हालसम्मकै उच्च

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा बन्द भएको हो ।       

सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको हो । आज यस कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीइडिबी हाइड्रोको ४३ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । आज १६ कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । ८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको