Like us!
Follow us!
Connect us!
Watch us!

संसदीय छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १७ : ४८ मा प्रकाशित

संसदीय छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित २६ जनालाई सोधपुछ गर्ने भएको छ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको समितिका एक सदस्यले जानकारी दिए।समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको जनाइएको छ। प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ।

विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको जनाइएको छ। शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समतिले सोधपुछ गर्ने तयारी छ।

समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको विषयमा समेत छलफल गरेको समितिले गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षकसँग समेत छलफल गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको