Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो सुनको मूल्य,कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

बुधबार, २३ साउन २०८१, ११ : ०२ मा प्रकाशित

आज पनि घट्यो सुनको मूल्य,कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज पनी सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला २३ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको