Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलता थुप्रिएपछि बैंकहरुबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २३ साउन २०८१, १२ : ४१ मा प्रकाशित

अधिक तरलता थुप्रिएपछि बैंकहरुबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैकहरुबाट ४० अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । निक्षेप संकलन बोलकबोल बिधिबाट राष्ट्र बैंकले सो बराबरको पैसा बैंकहरुबाट तान्न लागेको हो । 

यसका लागि अनलाइन मार्फत बोलकबोल गर्न आज मध्यान्ह ३ बजेका लागि समय तोकिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बाणिज्य, विकास र वित्त कम्पनीलाई निक्षेप संकलनको बोलकबोलमा सहभागी हुन आग्रह पनि गरेको छ । 

राष्ट्र बैंकले २१ दिनका उक्त ४० अर्ब रुपियाँ निक्षेप संकलन गर्न लागेको हो । यसमा बैंकहरुले घटीमा १० करोड रुपियाँ निक्षेप राख्ने प्रस्ताव गर्नुपर्नेछ । बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकम (४० अर्ब) सम्म प्रस्ताव गर्न सक्नेछन् ।  यसको व्याजदर बोलकबोल विधिबाटै निर्धारण हुनेछ । २१ दिनको अवधी सकिएपछि आगामी भदौ १२ गते बैंकहरुलाई साँवा र व्याज भुक्तानी गरिने राष्ट्र बैंकको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको