Like us!
Follow us!
Connect us!
Watch us!

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५औँ शाखा

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १५ : ०६ मा प्रकाशित

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५औँ शाखा

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि प्युठान नगरपालिका ४, प्युठानस्थित बिजुवारमा  ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले बैंकको नयाँ शाखाको उद्घाटन गरे ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा बिजुवारमा शाखा थपिएको बैंकले जानकारी दिएकव छ । यस अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको विश्वास बैंकको छ ।

बैंकको बिजुवार शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने भनाइ बैंकको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको