Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १० : ५४ मा प्रकाशित

तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो  । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन  प्रतितोला १ लाख ४८ हजार १सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको