Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से ९४ अंकले बढ्दा २५ अर्ब ७७ करोडको किनबेच

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १५ : १३ मा प्रकाशित

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से ९४ अंकले बढ्दा २५ अर्ब ७७ करोडको किनबेच

साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो । आज  नेप्से ९४.५३ अकंले बढेर २८६०.९१ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो । शिवम् सिमेन्टको १ अर्ब १६ करोडको सेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एनएचपीसी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रीसीटि एण्ड इन्भेष्टमेन्ट, खानीखोला हाइड्रो, आँखुखोला जलविद्युत, अपर तामाकोशी, शुभव पावर, आत्मानिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज २१ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको