Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार रकमले आज पनी बनायो नँया रेर्कड ,नेप्से ३० महिनाकै उच्च बिन्दुमा

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १५ : ०९ मा प्रकाशित

कारोबार रकमले आज पनी बनायो नँया रेर्कड ,नेप्से ३० महिनाकै उच्च  बिन्दुमा

सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.८१ अकंले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१  बिन्दुमा कायम भएको छ । यो अंक ३० महिनायताकै उच्च हो ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २२ करोडको कारोबार भएको छ । शिवम् सिमेन्टको ९२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ८४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज १४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यज्योति लाइफ, हिमालयन लाइफ, जोशी हाइड्रो, रसुवागढी, स्वेत गंगा, शुभम पावर, भिजन लुम्बिनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कुथली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको