Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो निक्षेप संकलन,कर्जा प्रवाहमा केही सुधार

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १३ : २२ मा प्रकाशित

घट्दो निक्षेप संकलन,कर्जा प्रवाहमा केही सुधार

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १९ अर्ब  पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २५ गते बैंकिङ प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो।

साउन २४ गते भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन २५ गते १३ अर्बले निक्षेप संकलनमा गिरावट आएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि १३ अर्बको गिरावट आएको हो । असार २४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २५ गते ५६ खर्ब ९० अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । गत बिहीबारसम्ममा ५१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएकोमा शुक्रबार भने ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएको देखिन्छ । वाणिज्य बैंकहरुले गत शुक्रबारसम्ममा ४५ खर्ब ६५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९४ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको