Like us!
Follow us!
Connect us!
Watch us!

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १६ : ३९ मा प्रकाशित

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ। सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरू आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

जस अन्तर्गत २७ गते आइतबार देखि १ गते शनिवार सम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डि∙ मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरू सम्पन्न गर्ने जनाएको छ ।

जस अन्तर्गत २७ गते आइतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ३० स्थित ग्रीन पार्क, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, शुक्लाफाट न.पा. वडा नं. ०९ स्थित वृन्दावन सामुदायिक बन, कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा न.पा. वडा नं. ०१ छाँपडाडा तथा लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर वडा नं. ०८ स्थित सितल छायासामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको