Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको नाफामा ९३२.०९%को वृद्धि, १ अर्ब माथिको लगानी

अर्थ संसार

बुधबार, ३० साउन २०८१, ०८ : ०४ मा प्रकाशित

अपि पावरको नाफामा ९३२.०९%को वृद्धि, १ अर्ब माथिको लगानी

अपि पावर कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विद्युत बिक्री आम्दानी 
अपि पावरको विद्युत बिक्रि आम्दानी १७९.५८ प्रतिशतले बढेको छ।  गत आर्थिक वर्षको असार मसान्त सम्म कम्पनीले बिजुली बेचेर १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ।  अघिल्लो आर्थिक वर्ष सोहि अवधिमा यो आम्दानी ४४ करोड ६६ लाख रुपैयाँ मात्र रहेको थियो।

खुद नाफा ९३२. ०९  प्रतिशतले बढ्यो 
विद्युत आम्दानी बढाएको अपि पावरको खुद नाफा पनि ९३२.०९ प्रतिशतले बढेको छ। कम्पनीको खुद नाफा बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा केबल ४ करोड ४२ लाख रुपैयाँ मात्र रहेको थियो। तेस्तै अपिको सञ्चालन मुनाफा पनि २९९.२४ प्रतिशत बढेको छ।

प्रति सेयर आम्दानी 
गत वर्ष केवल १. ९७ रुपैंया रहेको प्रति सेयर आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ। 

प्रति सेयर नेटवर्थ
१०९ रुपैयाँ ७३ पैसा 

मूल्य आम्दानी अनुपात
२४.२१ गुणा

चुक्ता पूँजी
५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ 

अन्य इक्विटी
५६ करोड ३१ लाख रुपैयाँ

लगानी 
१ अर्ब ९ करोड 

66bc1532395a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको