Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १२ : २० मा प्रकाशित

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आज बुधबार निक्षेप बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

२१ दिन अवधिका लागि बोलकबोल हुने लागेको निक्षेप संकलन उपकरणको भदौ १९ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।  साउन लागेसँगै केन्द्रीय बैंकले यो सम्म पाँचौ पटक तरलता खिच्न लागेको हो । यसअघि साउन ९ गते ४० अर्ब र २ गते ५० अर्ब, १६ गते ४० अर्ब , २३ गते ४० अर्ब तरलता खिचेको थियो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको