Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाले फेरी भन्यो, ‘बंगलादेशको तख्तापलटमा हाम्रो हात छैन'

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ०८ : २४ मा प्रकाशित

अमेरिकाले फेरी भन्यो, ‘बंगलादेशको तख्तापलटमा हाम्रो हात छैन'

अमेरिकाले बंगलादेशको तख्तापलटमा आफनो कुनै हात नरहेको पुनः प्रस्टीकरण दिएको छ । 

ह्वाइट हाउस पछि अमेरिकी विदेश मन्त्रालयले पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको दाबी गरेको हो ।

‘यो हास्यास्पद छ,’ प्रमुख उप प्रवक्ता वेदान्त पटेलले मंगलबार वाशिंगटनमा नियमित ब्रीफिंगमा पत्रकारहरूलाई भने। उनले शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको भन्ने कुनै पनि निहितार्थ बिल्कुलै गलत भएको बताए ।

‘हामीले भर्खरका हप्ताहरूमा धेरै गलत जानकारी देख्यौं,’ पटेलले भने। उनले डिजिटल इकोसिस्टममा विशेष गरी दक्षिण एसियाका आफ्ना साझेदारहरूसँग सूचनाको अखण्डतालाई सुदृढ गर्न अविश्वसनीय रूपमा प्रतिबद्ध रहेको बताए।

यसअघि ह्वाइट हाउसले शेख हसिनाको नेतृत्वमा रहेको सरकारको पतनमा अमेरिकाको कुनै संलग्नता नभएको भन्दै यो गलत हो भनी जोड दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको