Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्ज कम्पनीको इजाजत रद्द

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १२ : ४३ मा प्रकाशित

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्ज कम्पनीको इजाजत रद्द

नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जानकारी गराएको हो ।

राष्ट्र बैंकले ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको बैंकले जनाएको छ । 

‘केन्द्रीय बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप– विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको