Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करिब ३० अर्बको कारोबार,परिसूचक तीन हजार बिन्दुमा

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १५ : ०९ मा प्रकाशित

सेयर बजारमा करिब ३० अर्बको कारोबार,परिसूचक तीन हजार बिन्दुमा

साताको अन्तिम दिन बिहिबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  यो कारोबार रकम हालसम्मकै उच्च हो ।

यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो । आज  नेप्से ४३ अकंले बढेर ३०००.८१ बिन्दुमा कायम भएको छ । यो अंक तीन वर्ष (१५ भदौ २०७८) कै उच्च हो । सो बेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार घट्दो क्रममा थियो ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ८३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ६५ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको