सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
साविकको साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकापसरमा मर्जरभएपछि दुवै कम्पनीको सेयर सम्पदा लघुवित्तको नाममा नेप्सेमा ७० लाख ८ हजार ५८३.४५ कित्ता सूचीकृत भएको हो । योसँगै नेप्सेले यसअघि मर्जर प्रयोजनका लागि रोक्का गरेको कम्पनीको सेयर कारोबार पनि फुकुवा गरेको छ ।
सेयर कारोबारका लागि नेप्सेले उक्त कम्पनीको स्टक सिम्बोल ‘एसएमपीडीए’ दिएको छ । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता सेयरमूल्य १ हजार ५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब आगामी आइतबारदेखि दोस्रो बजारमा सोही मूल्यमा कम्पनीको सेयर कारोबार शुरु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस