सम्पदा लघुवित्त वित्तीय संस्थाले २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।
इच्छुक सेयरधनीले आवश्यक पर्ने कागजात सहित तनहुँको बन्दीपुर–१ डुम्रेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।
उक्त सेयर हाल कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर किन्न आवेदन नदिएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस