सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १४ हजार ६७२ कित्ता सेयर बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक समूहका केही सेयरधनीहरूको स्वामित्वमा रहेको उक्त सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।
यसअघि, संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरेको भएपनि संस्थापकहरूले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको लघुवित्तले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बन्दीपुर(१, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस