Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो अधिकांश वाणिज्य बैंकको ब्याजदर,कुन बैंकको कति ?

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १० : २० मा प्रकाशित

घट्यो अधिकांश वाणिज्य बैंकको ब्याजदर,कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरूले सूचना सार्वजनिक गर्दै भदौका लागि ब्याजदर घटाएका हुन् ।

भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.४९ प्रतिशत विन्दु छ । यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशत विन्दुले कम हो । साउनमा यस्तो ब्याजदर ६.७२ प्रतिशत विन्दुमा थियो । 

साथै, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२४ प्रतिशत विन्दुले घटेको छ। 

कुन बैंकको ब्याजदर कति ?

भदौ महिनाका लागि प्राइम बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत, नबिल बैंक, हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संस्थागततर्फ ६ प्रतिशत र ब्यक्तिगततर्फ ७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ५.५ प्रतिशत र ब्यक्तिगततर्फ ६.५ प्रतिशत र प्रभु बैंक र एभरेष्ट बैंकको संस्थागततर्फ ६.१ प्रतिशत र ब्यक्तिगततर्फ ५.१ प्रतिशत, सनिमा बैंकको संस्थागततर्फ ४.९प्रतिशत र ब्यक्तिगततर्फ ६.२ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, नेपाल एसबिआई बैंकको संस्थागततर्फ ५.२५ प्रतिशत र ब्यक्तिगततर्फ ६.२५ प्रतिशत, सिद्धार्थ बैंकको संस्थागततर्फ ५.५प्रतिशत र ब्यक्तिगततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, प्राइम कमर्सियल बैंकको व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको