Like us!
Follow us!
Connect us!
Watch us!

सोसल मिडियाको दुरुपयोगले बैंकिङ प्रणालीमा असर पुर्यायाे : गभर्नर अधिकारी

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १६ : ५१ मा प्रकाशित

सोसल मिडियाको दुरुपयोगले बैंकिङ प्रणालीमा असर पुर्यायाे : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैंकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा उनले ऐनमा नै त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको बताएका हुन् ।

‘एकजना व्यक्तिका पछाडि लाखौं फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ्ग प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको छ ।’ उनले भने

यस्तै उनले सोसल मिडियाको दुरुपयोगका कारण यो क्रियाकलाप बढ्दो रहेको बताएका छन्,‘कोही व्यक्तिले बैंकप्रति दुस्प्रचार गर्छ, बैंकको मान्यताभन्दा बाहिर गएर उसले काम गर्छ भने त्यो कसुरजन्य काम स्थापित गरिनुपर्छ ।’ उनले भने

उनले बैंकिङ्ग प्रणाली फेल भयो भने एउटा बैंक मात्रै नभइ समग्र प्रणालीमा असर गर्ने हुँदा त्यस्ता प्रचारप्रसार माथि कसुर तोकिनुपर्ने सुझाव दिए । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको