Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १० : ५५ मा प्रकाशित

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ

नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि साउन २९ गते १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । 

यस्तै, आइतबार चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको