Like us!
Follow us!
Connect us!
Watch us!

३२ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिती, साढे १५ महिनाको वस्तु आयात धान्ने

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १४ : ३६ मा प्रकाशित

३२ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिती, साढे १५ महिनाको वस्तु आयात धान्ने

गत वर्ष विदेशी मुद्रा सञ्चिति साढे २० खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३२.६ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिती २०८० असार मसान्तमा ११ खर्ब ७१ करोड थियो । जुन, २०८१ असार मसान्तसम्म आइपुग्दा ३०.४ प्रतिशतले बढेर १५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यसैगरी कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८० असार मसान्तसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । जुन, २०८१ असार मसान्तमा ३७.४ करोडले बढेर १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तसम्म १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ थियो । २०८१ असार मसान्तसम्म आइपुग्दा १ खर्ब ९२ अर्ब ५५ करोड पुगेको केन्द्रीय बैंकले जानकारी दिएको छ । यो ०.५ प्रतिशतको वृद्धि हो ।

यससँगै २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात धान्न सक्ने भएको छ । यस्तै १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको