Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक शिक्षाको नाममा बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १४ : ५५ मा प्रकाशित

वैदेशिक शिक्षाको नाममा बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

नेपाली विद्यार्थीहरु विदेश पढ्न जाँदा साथमा सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका छन् । गत आर्थिक वर्षमा विद्यार्थीहरु विदेश पढ्न जाँदा विदेशी मुद्राको ढुकुटीबाट १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको हो । 

नेपाली विद्यार्थीहरुका लागि युरोपेली तथा अमेरिकी देश र अस्ट्रेलिया तथा जापान जस्ता शैक्षिक गन्तव्य रोजाइ बन्ने गरेको छ । ती देश जाने क्रममा विद्यार्थीहरुले साथमा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको हो ।

यसरी अध्ययनका लागि बिदेसिन विद्यार्थीका कारण गत वर्ष डलर ढुकुटीमा १ खर्ब रुपैयाँको प्रभाव परेको थियो ।

शिक्षतर्फको भ्रमण व्यय बढ्दा शोधनान्तर स्थितिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले बढेको छ । विदेश घुम्न जानेले १ वर्षमा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका हुन् ।

अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको