Like us!
Follow us!
Connect us!
Watch us!

भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति

अर्थ संसार

मंगलबार, ०४ भदौ २०८१, ०८ : ४६ मा प्रकाशित

भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति

भारतले नेपालबाट थप १२ वटा जलविद्युत आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । योसँगै नेपालबाट भारतमा निर्यात हुने विद्युत ९४१ मेगावाट पुगेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । उनले यसमा १० प्रतिशत थप हुनसक्ने बताए ।

साथै २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए ।  कुलमानले प्रतियुनिट ५ रुपैया ४५ पैसा भारुमा यो विद्युत बेच्ने सम्झौता भएको बताएका हुन् ।   

भारतमा बिजुली निर्यात गर्ने आयोजनाको संख्या पनि २८ वटा पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोडको बिजुली निर्यात गरेको थियो भने अब यस बर्ष यो ३० अर्बसम्म पुग्नसक्ने घिसिङले जानकारी दिएका छन् ।

यो वर्ष आयातभन्दा बढी निर्यात गरेकाले खुद निर्यातकर्ता बनेको दाबी गर्दै आएको छ । सन् २०२१ को अक्टोबरमा नेपालले ३९ मेगावाटको विद्युत निर्यात अनुमति पाएको थियो । त्यसपछि भारतले पटक-पटक नयाँ आयोजनाको बिजुली निर्यातका लागि स्वीकृति दिएको छ।

पछिल्लो स्वीकृतिसँगै अब नेपाल विद्युत् प्राधिकरणलाई दशैँ-तिहारका समयमा बढी हुने बिजुली व्यवस्थापन गर्न सहज हुने भएको छ ।

यो वर्षको जेठदेखि बंगलादेशमा पनि बिजुली निर्यात गर्ने तय भए पनि अहिलेसम्म सम्झौता भने हुनसकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको