Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार पुँजीकरण जीडीपीभन्दा माथी गए के हुन्छ ?

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १२ : ०४ मा प्रकाशित

सेयर बजार पुँजीकरण जीडीपीभन्दा माथी गए के हुन्छ ?

नेपाली सेयर बजारको कुल बजार पुँजीकरण अहिले ४७ खर्ब ६५ अर्बं छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्बको अनुमान छ । पुँजी बजार विगत एक महिनायताको रेसियोमा अगाडि बढे जीडीपीको आकारलाई नाघ्न सक्ने देखिन्छ ।

यसअघि नेप्से परिसूचक ३२०० नजिक हुँदा पनि पुँजीबजारको आकारले जीडीपीको आकारलाई नाघेको थियो । त्यो बेला पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगेको थियो जीडीपी ४२ खर्ब ६६ अर्ब थियो । यस आधारमा जीडीपीको तुलनामा बजार पुँजीकरण १०४.७३ प्रतिशतसम्म पुगेको देखिन्छ । 

गत साउन ३१ गते अर्थात् गत बिहिबार हालसम्मकै उच्च कारोबार भएको बजारको आकार पनि हालसम्मकै ठूलो बनेको हो । बिहिबार एकैदिन सेयर बजारमा २९ अर्ब ९५ करोड रूपैयाँको कारोबार भयो । कारोबारमा आएकोे रौनकले बजारको आकार बढेर ४७ खर्ब ११ अर्ब रूपैयाँ पुगेको छ । अर्थतन्त्रका अन्य सूचक सामान्य अवस्थामा रहँदा पनि सरकार परिवर्तन तथा नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिले सेयर बजारलाई निकै प्रभावित पारेको छ । पछिल्ला संकेतलाई विश्लेषण गर्दा सेयर बजार अझै वृद्धि हुने पनि देखिन्छ ।नेपालमा बजार पुँजिकरण कूल ग्राहस्त उत्पादन नजिक पुगेकोले सेयर बजार कुनै पनि बेला ढल्न सक्ने चर्चाहरु पनी अहिले बजारमा हुन थालीसकेका छन् । सेयर बजारको बजार पुँजिकरण जति जति जिडिपी नजिक पुग्छ उति नै जोखिमपूर्ण मानिन्छ । 

बजार पूँजीकरण जीडीपीको कति प्रतिशत हुनुपर्छ भन्ने कुनै अन्तर्राष्ट्रिय मापदण्ड भने छैन । विश्वको अवस्था हेर्ने हो भने पनि यो अवस्था देशैपिच्छे फरक फरक रहेको देखिन्छ । विश्वका समृद्ध देशमा पनि बजार पुँजीकरण बढी भएको देखिन्छ । 

सेयरबजारमा सेयर बजारको पूँजीकरण र जीडीपीको तुलना हुने गरे पनि यसले अर्थतन्त्रको वास्तविक अवस्थालाई भने प्रतिनिधित्व गर्दैन । त्यसमाथी पनी नेपाली सेयर बजारमा बजारमा  बैंक तथा वित्तीय संस्थाको सेयर दुई किसिममा वर्गीकरण गरिएको छ– एउटा संस्थापक समूह र अर्को सर्वसाधारण समूह । दुई समूहको सेयर मूल्य पनि दुई थरी नै छ । सधैं दुई थरी मूल्य हुने सेयरको पूँजीकरण गणना भने जबर्जस्ती एउटै मूल्यमा गरिएकाले सेयर बजारको आकारलाई वास्तविक भन्दा ठूलो देखाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको