Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट र सनराइज फोकस्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ०८ : २४ मा प्रकाशित

सनराइज फर्स्ट  र सनराइज फोकस्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका

सनराइज म्युचुअल फण्ड अन्गर्तत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको आर्थिक वर्ष २०८०/८१ को प्रतिफल सुरक्षित गर्ने आज भदौ ६ अन्तिम दिन रहेको छ। 

दुबै फण्डहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोलि भदौ ७ गते बुकक्लोज तय गरेका छन्। जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका यी फण्डहरुका इकाईधनीहरुले मात्र फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सनराइज फर्स्ट म्युचुअल फण्डले कर सहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले कर सहित ४.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको