Like us!
Follow us!
Connect us!
Watch us!

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ११ : १७ मा प्रकाशित

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

 भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।

भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको