Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो नेप्से,१९ अर्ब १६ करोड माथिको कारोबार

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १५ : १७ मा प्रकाशित

सामान्य अंकले बढ्यो नेप्से,१९ अर्ब १६ करोड माथिको कारोबार

साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा कायम भएको हो । आज ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ४७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, नारायणी डेभलपमेन्ट बेंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यस बैंकका डिबेञ्चर इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको