Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले गर्यो सेयरधनी मख्ख बनाउने गरि लाभासं घोषणा

अर्थ संसार

शुक्रबार, ०७ भदौ २०८१, २० : ४५ मा प्रकाशित

अपि पावरले गर्यो सेयरधनी मख्ख बनाउने गरि लाभासं घोषणा

अपि पावर कम्पनी लिमिटेड लाभांस घोषणा गरेको छ। कम्पनीले आज भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभासं घोषणा गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजी रु ५७८.६५ करोडको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

अब विद्युत नियमन आयोगको स्वीकृति पछ्यात र आगामी बस्ने कम्पनीको आ.व. २०८०/०८१ को २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भई निर्णय भएपश्चात् मात्र लाभासं सेयरधनीले प्राप्त गर्नेछन। 

66c8a4ac2926f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको