Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेसँग राति एक बजेसम्म बयान

अर्थ संसार

शनिबार, ०८ भदौ २०८१, १० : ३३ मा प्रकाशित

रवि लामिछानेसँग राति एक बजेसम्म बयान

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार राती १ बजेसम्म बयान लिएको छ ।

समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।

तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको बयानमा लामिछानेले ५१ वटा प्रश्नको जवाफ दिएका छन् । 

समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका छन । जसमध्ये तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्न स्वीकार गरेपनि लामिछानेले

अधिकांश प्रश्नमा उनी थाहा छैन, थाहा भएन, मेरो संलग्नता छैन, जीबी राईलाई थाहा होला भन्ने जस्ता जवाफ दिएका थिए । लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र कम्पनीको आर्थिक विषयमा जानकारी नरहेको समितिलाई बताएका छन् । 

यस अघि समितिले शुक्रबार नै गोरखा मिडिया नेटवर्कका संस्थापकमध्येका एक छविलाल जोशीसँग सोधपुछ गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको