Like us!
Follow us!
Connect us!
Watch us!

जिबी राईको विषयमा बेलैमा थाहा पाउन नसक्नु मेरो कमजोरी भयोः रवि लामिछाने

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १२ : २२ मा प्रकाशित

जिबी राईको विषयमा बेलैमा थाहा पाउन नसक्नु  मेरो कमजोरी भयोः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन्।

शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जिबी राईको विषयमा आफुले सहकार्य गरेको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी पाएको भन्दै बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको  बताए।

‘मैले त्यहाँ हेरेर, जानेर, बुझेरै काम गरेको थिएँ। छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानले जानकारी आएपछि थाहा भएको कुरा हो। त्यतिखेर थाहा भएको कुरा होइन। त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो। कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ,’ लामिछानेले भने, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो। तर समान्यरुपमा त कसैलाई थाहा थिएन नि त।’

उनले राईसँग संगत गरेकोमा गलत क्रियाकलाप भएको रहेछ भन्ने देख्दा अझ बढी ध्यान दिनुपर्थ्यो भन्ने आफूलाई अहिले लागेको पनि बताए।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको